• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

उखु किसानपछि दूध किसान पनि सडकमा, मूल्य भुक्तानीको माग

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०८:२६

भदौ १५,२०८२ काठमाडौं – उखु किसानहरू आन्दोलनरत रहेका बेला दूध उत्पादक किसानहरू पनि सडकमा उत्रिएका छन्। दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरूले आज (शनिबार) काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालय अगाडि धर्ना दिएका छन्।

National Life

अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीका अनुसार धर्ना कार्यक्रम आज मध्याह्न १२ बजे सुरु भएको हो। उनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले भुक्तानी नगरेकाले किसानहरू धर्ना दिन बाध्य भएको बताए।

‘गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो आर्थिक संकट व्यहोर्नुपरेको छ,’ अधिकारीले भने, ‘दूधको बक्यौता रकम नपाउँदा परिवार पालनपोषण, छोराछोरीको शिक्षा र पशुपालनमै समस्या परेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

धर्ना करिब एक घण्टा चल्ने छ भने कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका किसानहरूको सहभागिता रहनेछ।

यसैबीच, उखु किसानहरूले पनि सरकारले अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा सीमित गरेपछि आन्दोलित भइरहेका छन्। उनीहरूले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्दै संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रतिकृया