• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

प्रकाशित मिति

२०८२ भाद्र १४ गते, शनिबार ०९:३०

भदौ १४,२०८२ काठमाडौं – लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ। उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन सेन्टरमा आज (शनिबार) उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन्।

National Life

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ ल्याइएकी थिइन्। अस्पतालमा उनको दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो। पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।

एमालेबाट समानुपातिक प्रणालीमार्फत प्रदेश सभा सदस्य बनेकी पुन लुम्बिनी प्रदेश सभाका ८७ सदस्यमध्ये एक थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया