• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि दरखास्त आह्वान

प्रकाशित मिति

२०८२ भाद्र १४ गते, शनिबार ०९:०२

भदौ १४,२०८२ काठमाडौं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद पूर्ति गर्न सरकारद्वारा गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज ७ दिनभित्र आवेदन दिन सक्ने गरी सूचना प्रकाशित गरेको हो।

National Life

तोकेको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले गोप्य खामबन्दीमा आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाउन सक्नेछन्।

बीमा ऐन, २०७९ अनुसार मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानूनमा कम्तीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षभन्दा बढी उच्च व्यवस्थापकीय अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्। उम्मेदवार उच्च नैतिक चरित्रको हुनुका साथै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदनसाथ नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि व्यावसायिक कार्ययोजना चार प्रतिमा खामबन्दी गरी पेश गर्नुपर्नेछ। साथै, आवश्यक कागजात, दुई प्रति पासपोर्ट साइज फोटो, र प्रमाणित विवरण समेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिकृया