• २० असोज २०८३, मंगलबार
  • ११ः१३ राती

दशैंका लागि सवारी टिकट असोज पहिलो सातादेखि खुल्ने

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०२:१८

भदौ ८,२०८२ काठमाडौं – यस वर्षको दशैं पर्वका लागि असोज पहिलो सातादेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट गाउँ फर्कने यात्रुहरूको सुविधाका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइने भएको हो।

National Life

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मेरो लगानीसँग कुरा गर्दै “असोज ५-६ गतेभित्र टिकट बुकिङ खुल्ने सम्भावना रहेको” जानकारी दिएका छन्। “हालसम्म आधिकारिक छलफल शुरु नभए पनि तयारी तीव्र पारिएको छ,” सिटौलाले बताए।

उनका अनुसार यसपालि पनि यात्रुले सजिलै टिकट पाउने वातावरण बनाइनेछ। “यसवर्ष पनि यात्रुले टिकट पाइन्न भन्ने अवस्था रहँदैन, हामी सुरक्षित र व्यवस्थित रूपमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनेछौं,” उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौं उपत्यकाबाट दशैं मान्न २५ लाखभन्दा बढी मानिस आफ्नो घर फर्कने अनुमान गरिएको छ। यो भीड व्यवस्थापन गर्न सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ।

विशेषगरी सार्वजनिक बस सेवा प्रदायक कम्पनीहरू, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, र यातायात व्यवसायी संघबीच समन्वय गरेर अग्रिम टिकट बुकिङको मिति र प्रक्रिया तय गरिनेछ।

यस वर्षको विजयादशमी (टीकाको दिन) असोज १६ गते परेको छ। त्यसको अघिल्लो हप्ता काठमाडौं उपत्यकाबाट दैनिक लाखौं यात्रुहरू गाउँ फर्किने भएकाले अग्रिम तयारी थालिएको हो।

सरकारले यात्रुहरूलाई सुरक्षित, व्यवस्थित र सहज यात्रा सुनिश्चित गर्न टिकट वितरण केन्द्रहरूमा अनलाइन प्रणाली, हेल्प डेस्क, ट्राफिक प्रहरीको निगरानी, र गाडीको प्राविधिक जाँचजस्ता विविध उपायहरू अपनाउने तयारी गरिरहेको छ।

प्रतिकृया