• २२ भदौ २०८३, सोमबार
  • १२ः३७ राती

सिभिल मलबाट नक्कली हतियारसहित एक जना पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ०८:१७

भदौ ६,२०८२ काठमाडौं – प्रहरीले राजधानीको सुन्धारास्थित सिभिल मलमा सञ्चालित खेलौना पसलबाट सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

National Life

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मलको पाँचौँ तलामा सञ्चालनमा रहेको द टोय स्टोरमा खानतलासी गर्दा ती हतियार बरामद गरेको हो। पसल धादिङ निलकण्ठ–३ घर भई हाल बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गर्दै आएकी थिइन्।

प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। खानतलासीका क्रममा अवरोध गर्न खोजेका काभ्रेको रोशी गाउँपालिका–३ घर भई हाल कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी तीन दिन म्याद थप गरिएको जनाइएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सक्कलीजस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया