• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

आठौँ वार्षिकोत्सवमा आई.एम.ई. लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०४:०४

भदौ १,२०८२ काठमाडौं—आई.एम.ई. लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

National Life

रक्तदान कार्यक्रम काठमाडौंको लैनचौरमा आयोजना गरिएको थियो । रगतदान, जीवनदानू भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे । कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन ।

प्रतिकृया