• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

जोय स्टोर र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट सुविधा

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०३:४३

भदौ १,२०८२ काठमाडौं— काठमाडौँ महानगरपालिका – २२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरूले आइफोनमा ५ प्रतिशत र म्याकबुक मा ५ प्रतिशत र २० प्रतिशत आइफोन र म्याकबुकका एशोसेरिजहरूमा छुट पाउने भएका छन र क्रेडिट कार्ड होल्डरहरूलाई किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।

Kamana Sewa

सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक श्री गुरू दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

Classic Tech Desktop

‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिकृया