• २१ असोज २०८३, बुधबार
  • १२ः२६ राती

बागमती प्रदेश सरकार विस्तारको तयारी, पाँच मन्त्री नियुक्त हुने

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०२:२९

श्रावण ३०,२०८२ काठमाडौं—बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार विस्तारको तयारी गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा १४ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था भए पनि हाल पाँच मन्त्रालय रिक्त छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार यी पदमा छिट्टै मन्त्री नियुक्त हुने तयारी भइरहेको छ।

National Life

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। कांग्रेस र एमालेबीचको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अझै ५ मन्त्रालय पाउने भएको हो।

नियुक्त हुन बाँकी रहेका मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया