• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम वरिष्ठ नेता, तेस्रो वरियतामा

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०२:२१

श्रावण ३०,२०८२ काठमाडौं—नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको वरिष्ठ नेतामा चयन गर्दै तेस्रो वरियतामा राखेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमसहित एकता अभियानबाट आएका नेताहरुलाई स्वागत गर्दै जिम्मेवारी तोकिएको हो।

National Life

पार्टीका अनुसार, गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियता दिइएको छ। यससँगै, एकता अभियानबाट आएका नेताहरू डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवानलाई केन्द्रीय सदस्यमा चयन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

वामदेव गौतम साउन २ गते औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

प्रतिकृया