• १६ असोज २०८३, शुक्रबार
  • ३ः०५ दिउँसो

विश्वासको मतमा मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ०१:०७

काठमाडौं, साउन २५ – नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार राजधानीमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।

National Life

बैठकले नेपालको संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३(१) बमोजिम आगामी साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।

संसदीय दलले आफ्ना सदस्यलाई सो बैठकमा अनिवार्य उपस्थिति जनाउन, तटस्थ नबस्न तथा विश्वासको मतको पक्षमा मतदान गर्न दलको विधान २०७४ को धारा १२(६) बमोजिम ह्वीप जारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ। समितिमा प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन्।

बैठकले तीन सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ, जसमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन्।

प्रतिकृया