• २० असोज २०८३, मंगलबार
  • ६ः०२ बेलुका

‘स्वमूल्यांकन कार्यविधि’ मस्यौदाप्रति एमालेको असहमति, निर्वाचन आयोगलाई पत्र

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ०२:५७

श्रावण २२ ,२०८२काठमाडौं– निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदाप्रति सत्तारुढ नेकपा एमालेले असहमति जनाएको छ।

National Life

एमालेका अनुसार, राजनीतिक दलको मूल्यांकन दलको आन्तरिक विषय भएकाले आयोगले बनाएको कार्यविधि स्वीकार्य छैन। पार्टीका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगलाई पत्र लेख्दै यो कार्यविधि संविधानको भावना र दलको स्वायत्तता विपरीत भएको बताएका छन्।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार, पार्टीले आयोगलाई पठाएको पत्रमा भनिएको छ, “स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक विषय हो। नेपालको संविधानको भाग २९ अन्तर्गत धारा २६९ देखि २७२ सम्मको व्यवस्था अनुसार राजनीतिक दलहरूको गठन, दर्ता, सञ्चालन लगायतका कार्य स्वतन्त्र र स्वायत्त हुनुपर्ने मर्मअनुसार हुनु आवश्यक छ।”

Classic Tech Mobile
Classic Tech Desktop

पत्रमा थप भनिएको छ, “दलको मूल्यांकन जनताले निर्वाचनमार्फत जनादेशद्वारा गर्ने भएकाले यस्तो प्रक्रिया स्वनियमनकै भाग हो। त्यसैले आयोगको कार्यविधिको प्रस्तावप्रति सैद्धान्तिक असहमति जनाइन्छ।”

निर्वाचन आयोगले हालै सबै राजनीतिक दलहरूलाई उक्त मस्यौदा सुझावका लागि पठाएको थियो। आयोगको मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन र रेखदेख गर्न आयोगकै सचिवको नेतृत्वमा समिति गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसअघि नेकपा माओवादी केन्द्रसहित नौ दलले पनि उक्त कार्यविधिमा असहमति जनाइसकेका छन्। अब नेकपा एमालेको असहमतिसँगै यो मस्यौदा अझ विवादित र अस्वीकार्य बन्ने सम्भावना देखिएको छ।

प्रतिकृया