• २१ असोज २०८३, बुधबार
  • २ः०१ राती

पाँच वर्षभित्र प्रत्येक नागरिकलाई जोखिमको पूर्वसूचना उपलब्ध गराइने : गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ०२:३२

श्रावण २२ ,२०८२काठमाडौं–  गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र मुलुकका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने सुनिश्चिता गरिने बताएका छन्।

National Life

बिहीबार आयोजित ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले हाल नेपालको एक तिहाइ जनसंख्या मात्र पूर्वसूचना प्रणालीको पहुँचमा रहेको उल्लेख गर्दै, आगामी दिनमा पूर्वसूचना पहुँचलाई पूर्ण रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

उनले भने, “२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थिति बनाइन्छ। अबको पाँच वर्षमा त्यसको आधार निर्माण गरिनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसंघले सन् २०२२ मा गरेको घोषणाअनुसार २०२७ भित्र विश्वका एक तिहाइ जोखिममा रहेका जनसंख्यालाई पूर्वसूचना प्रणालीमा ल्याउनुपर्ने उल्लेख गर्दै नेपाल पनि त्यस दिशामा अघि बढिरहेको बताए।

उनका अनुसार, हाल जहाँ पूर्वसूचना प्रदान गरिएको छ, ती स्थानमा भारी वर्षा हुँदासमेत मानविय क्षति नदेखिएको र जहाँ सूचना दिन नसकिएको स्थानमा तुलनात्मक रूपमा कम वर्षा हुँदा पनि जनधनको क्षति भएको तथ्य प्रस्तुत गरे।

उदाहरणस्वरूप, उनले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको र गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै ठूलो वर्षा हुँदासमेत पूर्वसूचनाका कारण कुनै मानविय क्षति नभएको उल्लेख गरे।

गृहमन्त्री लेखकले पूर्वसूचना प्रणालीले नागरिक मात्र नभई सुरक्षाकर्मीलाई पनि काम गर्न सहज बनाएको उल्लेख गर्दै, पूर्व चेतावनी प्रणालीको थप सुदृढीकरण र राष्ट्रिय विस्तारमा सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे।

प्रतिकृया