इमाडोलमा किशोरीको रहस्यमय मृत्यु, प्रेमीको घरमै बेहोस भएर निधन
प्रकाशित मिति
२०८२ श्रावण २२ गते, बिहीबार ०२:२१
श्रावण २२ ,२०८२काठमाडौं– ललितपुरको इमाडोलमा प्रेमीको घर गएकी १८ वर्षीया किशोरीको अचानक मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, किशोरी बुधबार दिउँसो १२ बजेतिर केटा साथीको घर पुगेकी थिइन् र २ बजेतिर अचानक बेहोस भइन्।
प्रेम सम्बन्धमा रहेका ती किशोरीलाई ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याइए पनि पहिले नै मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले २:४८ बजे मृत अवस्थामा ल्याइएको जनाएको छ।
हाल किशोरीका प्रेमी प्रहरी नियन्त्रणमा छन् र घटनाबारे सोधपुछ जारी छ। मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। शव महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ।
प्रहरीले घटनास्थलबाट किशोरीले लेखेको लभ–लेटर समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान प्रहरी वृत्त सातदोबाटो र ललितपुर परिसरको टोलीले गरिरहेको छ।








प्रतिकृया