• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

कर्णाली डेभलपमेन्ट बैंक घोटाला: संस्थापक अध्यक्षसहित तीनजना पुर्पक्ष थुनामा, एकजना धरौटीमा रिहा

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ०१:१७

श्रावण २२ ,२०८२काठमाडौं– कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्।

National Life

अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारू र न्यायाधीश पुनम चन्द सिंहको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छोडिएको अदालतले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकका संस्थापक अध्यक्ष रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७, पूर्व अध्यक्ष मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार, वित्त प्रमुख ठकुरीसँग २६ करोड ६३ लाख ९९ हजार असुल गर्ने गरी मुद्दा दायर गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया