• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु पूर्णतः अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार १२:५२

श्रावण २२ ,२०८२काठमाडौं– पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासलाई पूर्णतः अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिएका छन्।

National Life

श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कार्य स्वीकार्य हुन सक्दैन।” उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदा तयारी भइरहेको खबरले नेपाली समाजमा गम्भीर तरङ्ग र असन्तोष उत्पन्न गरेको उल्लेख गरेका छन्।

श्रेष्ठले यस्ता कदमले सामाजिक न्याय, लैंगिक समानता र मानवअधिकारका मूल्यविपरीत जाने भएकाले सरकारलाई यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्। बहुविवाहलाई वैधता दिने भनिएको प्रस्ताव हाल सार्वजनिक रूपमा स्पष्ट नहुँदा पनि, यो विषयले सामाजिक बहस र विवाद सिर्जना गरिरहेको छ। नेताहरूको चेतावनीले सरकारलाई यो विषयमा पुनः विचार गर्न दबाब सिर्जना गर्ने देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया