• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

रवि लामिछानेको थुनामुक्तिका लागि बैंक जमानतमा रिहाइ माग

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार १२:३८

श्रावण २२ ,२०८२ भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले वहन गर्नुपर्ने भनिएको बिगोबराबरको बैंक जमानतमा थुनामुक्त गर्न रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

National Life

लामिछानेले साउन १९ गते अदालतमा निवेदन दिँदै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ उल्लेख गर्दै बैंक जमानतमा रिहाइको माग गरेका हुन्। उक्त दफामा धरौटी, जमानत वा बैंक जमानतमार्फत थुनामुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

हाल उनी उच्च अदालतको आदेशअनुसार भैरहवा कारागारमा थुनामा छन्। यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेश उच्च अदालतले उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो। लामिछानेविरुद्धको मुद्दा हाल रूपन्देही जिल्ला अदालतमा विचाराधीन छ, जहाँबाट अब मुद्दाको छिनोफानो हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया