• १ असोज २०८३, बिहीबार
  • १२ः०३ राती

कोरिया रोजगारीका लागि ईपिएस फारम खुला, कुन कोटामा कति कामदार माग ?

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०५:१९

श्रावण१९,२०८२ काठमाडौं  सन् २०२५ का लागि कोरिया रोजगार (इपीएस) कार्यक्रमअन्तर्गत इपीएस ग्वार्को शाखाले नयाँ परीक्षा तथा कोटा निर्धारणसहित सूचना प्रकाशित गरेको छ।

National Life

शाखाका अनुसार आगामी वर्षका लागि कुल ५,३०० जना नेपाली कामदारको कोटा निर्धारण गरिएको छ। जसमा कृषि क्षेत्रमा ३,५०० र उद्योग क्षेत्रमा १,८०० जना कामदारले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया जाने अवसर पाउनेछन्। इपीएस शाखाका अनुसार एक व्यक्तिले केवल एक क्षेत्र (कृषि वा उद्योग) मा मात्र आवेदन दिन सक्नेछन्।

परीक्षाका लागि आवेदन फारम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। परीक्षा तालिका भने पछि प्रकाशित गरिने शाखाले जनाएको छ। इपीएस कार्यक्रम दक्षिण कोरियामा वैदेशिक रोजगारको प्रमुख अवसरको रूपमा स्थापित भइसकेको छ। हजारौं नेपाली युवाहरूले यस कार्यक्रममार्फत कोरियामा रोजगारी पाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया