• ३१ भदौ २०८३, बुधबार
  • ११ः१७ राती

प्रधानमन्त्री ओली पुगे तुर्कमेनिस्तान पुगे

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०५:४९

श्रावण१९,२०८२ तुर्कमेनिस्तान – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुगेका छन्।

National Life

प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज दिउँसो स्थानीय समय अनुसार १४:३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेको हो।

अवाजास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) हुने सो सम्मेलनमा प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागी हुन गएका हुन्।

प्रतिकृया