• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०३:४६

श्रावण १८, २०८२ काठमाडौं – पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ स्थित शंकरसरैया मुसहर टोलमा श्रीमतीको कुटपिटबाट हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

National Life

हत्या आरोपमा २४ वर्षीया अस्पतलिया देवीका श्रीमान् जितन माझीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पति–पत्नीबीच वादविवाद भएपछि जितनले कुटपिट गरेका थिए। कुटपिटका क्रममा घटनास्थलमै अस्पतलियाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जितन माझीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले घरेलु हिंसाबाट महिलाहरू कति असुरक्षित छन् भन्ने वास्तविकतालाई फेरि उजागर गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया