• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

महोत्तरीमा वर्षासँगै किसानमा आशा जाग्यो

प्रकाशित मिति

२०८२ श्रावण १७ गते, शनिबार १०:२६

श्रावण १७, २०८२ महोत्तरी – लामो खडेरीले पीडित महोत्तरीका किसान पछिल्ला दिनमा परेको वर्षाले खुसी भएका छन्। सोमबारयता लगातार परेको पानीले धान, उखु, सागसब्जी, मकै र कोदो लगायत बालीमा राहत पुगेको छ।

National Life

भङ्गाहा–३ का किसान विजय यादवका अनुसार, इनार र बोरिङबाट रोपिएको धानमा जाग्ने संकेत देखिएको छ। बर्दिबास–७ का किसान रामउद्गार महतोले पहेँलिएको रोपो हरियाली फर्किएको बताए।

तर, अझै धान रोपाइँ थप गर्न गह्रामा भरिने पानी आवश्यक रहेको किसानहरू बताउँछन्। जिल्लामा कूल ४२ हजार ५०० हेक्टर धानयोग्य जमिन भए पनि हालसम्म ३५ प्रतिशतमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया