• २१ असोज २०८३, बुधबार
  • ४ः११ बिहान

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०१:३७

श्रावण १५, २०८२ काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले माघ मसान्तसम्म चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक प्रावधानअनुसार शेयर निष्कासनको तयारी गरेको हो।

National Life

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ। सोही पूँजी बराबरको अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेर पूँजी २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।

हकप्रद शेयर निष्कासनका लागि नेपाल सरकारको अर्थमन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको छ। अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट यस प्रस्ताव पारित भएपछि मात्र औपचारिक रूपमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल पुनर्बीमा कम्पनीले बीमा व्यवसायको दायरा बढाउने, वित्तीय सुदृढीकरण गर्ने र नियामक निकायको मापदण्ड पूरा गर्न हकप्रद शेयरमार्फत पूँजी वृद्धिको निर्णय लिएको बताइएको छ।

प्रतिकृया