• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

ट्रम्पको घोषणा: भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५% आयात कर

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०२:०७

श्रावण १५, २०८२ काठमाडौं ।पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यही अगस्ट १ देखि नयाँ कर दर लागू हुने जानकारी आफ्नो सामाजिक सञ्जाल ‘ ट्रुथ सोसल’मार्फत दिएका हुन्।

National Life

व्यापार असन्तुलन सुधार गर्ने अभियानअन्तर्गत ट्रम्पले विभिन्न मुलुकका वस्तुमा आयात कर वृद्धि गर्ने चेतावनी दिँदै आएका थिए। भारतसँग यस विषयमा वार्ता जारी रहे पनि वार्ता सकिन दुई दिन बाँकी छँदै ट्रम्पले एकतर्फी रूपमा आयात करको निर्णय सार्वजनिक गरेका हुन्।

भारत–अमेरिका व्यापार सम्झौता अझै टुंगोमा पुगेको छैन। यस्तो अवस्थामा ट्रम्पको घोषणा अप्रत्याशित मात्र नभई राजनीतिक रूपमा संवेदनशीलसमेत मानिएको छ। यस कदमले भारतीय निर्यातकर्तालाई प्रत्यक्ष असर गर्ने र अमेरिकी उपभोक्ताले मूल्यवृद्धिको मार बेहोनु पर्ने सम्भावना बढेको विश्लेषकहरूले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

भारतबाट अमेरिका निर्यात हुने प्रमुख वस्तुहरूमा औषधि, कपडा, गहना, स्टील, औद्योगिक उपकरण तथा आइटी सेवा सम्बन्धी सामग्रीहरू रहेका छन्। यी वस्तुमा आयात कर वृद्धि भएपछि प्रतिस्पर्धात्मकता घट्ने र व्यापार घाटा बढ्ने चिन्ता भारतीय उद्योग जगतमा देखिन थालेको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले संयमित प्रतिक्रिया दिएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको छ र सम्भावित असरको अध्ययन भइरहेको छ। साथै, आर्थिक, कूटनीतिक र व्यापारिक प्रभावको मूल्याङ्कन भइरहेको छ।” अब अमेरिका–भारत व्यापार सम्बन्ध कुन दिशामा अगाडि बढ्छ भन्ने कुरा आगामी दिनमा हुने कूटनीतिक संवादमा निर्भर रहनेछ।

प्रतिकृया