• २ असोज २०८३, शुक्रबार
  • २ः०४ दिउँसो

सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा हो : गगन थापा

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०१:१२

धनुषा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जतको परकाष्ठा भएको आरोप लगाउनु भएको छ । नेता थापाले सत्तामा बसेर सरकारको निर्णयको बर्खिलापमा उत्रिने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गाईजात्रे शैलीको सङ्ज्ञा दिँदै आलोचना गर्नुभयो ।

National Life

सरकारमा बसेर संविधान दिवस गत असोज ३ गते देशभर हर्षउल्लासका साथ मनाइरहँदा समाजवादी पार्टीले बहिष्कार गरेको थियो । यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य थापाले आपत्ति जनाउनु भएको हो ।

जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ सङ्केत गर्दै भन्नुभयो, ‘उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमै बसेर विरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको पराकाष्ठा हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले अहिलेको संविधानमा केही कमजोरी रहे पनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काङ्ग्रेस लागी पर्ने बताउनुभयो ।

प्रतिकृया