• २२ भदौ २०८३, सोमबार
  • ३ः५१ राती

झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०१:४८

श्रावण ८,२०८२ काठमाडौं । भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल ७६ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य गिरावट हो, किनभने यो आँकडा तोकिएको लक्ष्यको मात्र ७१ दशमलव ६५ प्रतिशत हो।

National Life

महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीका अनुसार, राजस्व सङ्कलनको लक्ष्य रु १ करोड ३ लाख ५९ हजार निर्धारण गरिएको थियो। तर लक्ष्य उच्च रहेकाले पूर्णता दिन नसकिएको उनको भनाइ छ।

उनका अनुसार, भन्सार महसुल, सेवा दस्तुर, मूल्य अभिवृद्धि कर (VAT) र अन्तशुल्कमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो। अघिल्लो आव २०८०/८१ मा भने कार्यालयले रु ५० लाख ८९ हजारको लक्ष्य राखेकोमा त्यसभन्दा बढी ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको थियो।

Classic Tech Desktop

झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायतका घरायसी सामग्रीहरू भारतबाट आयात हुने गरेका छन्। आयात भएका ती सामग्रीहरूबाटै राजस्व उठ्ने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए। उनका अनुसार हाल झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको छ। केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरे पनि हाल त्यो पनि बन्द भएको छ।

झुलाघाट नाका अहिले पूर्णरूपमा आयात केन्द्रित रहेको देखिन्छ, जसले सन्तुलित व्यापार र राजस्व वृद्धिमा चुनौती खडा गरिरहेको छ।

प्रतिकृया