• १३ असोज २०८३, मंगलबार
  • २ः३५ राती

राप्रपा विवाद: पदमुक्त नेताबारे स्पष्टिकरण माग्दै निर्वाचन आयोग

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार १२:०४

श्रावण ७,२०८२ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पदमुक्त गरिएका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पार्टीलाई पत्र पठाएको छ। लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई नियुक्त गर्दै वर्तमान संयोजकलाई हटाएका थिए। साथै, उपाध्यक्ष मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन लावतीलाई पनि पदमुक्त गरिएको थियो।

National Life

यस निर्णयविरुद्ध असन्तुष्ट पक्षले २९ असारमा आयोगमा उजुरी दिएका थिए। अध्यक्षको निर्णय बदर गर्न माग गर्दै उनीहरू निर्वाचन आयोग पुगेका थिए। आयोगले उक्त उजुरीका आधारमा स्पष्टिकरण माग्दै पार्टीलाई औपचारिक पत्र पठाएको हो।

प्रतिकृया