मन्त्रिपरिषद बैठकका १० निर्णय (सूचीसहित)
प्रकाशित मिति
२०८२ श्रावण ७ गते, बुधबार ०१:१५
श्रावण ७,२०८२ काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठक ९साउन ४० का निर्णयहरू सार्वजनिक गरेका छन्। प्रमुख निर्णयहरूमध्ये,भुटानको थिम्पुमा हुने कृषि–खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई सहभागी हुन स्वीकृति रहेको छ। चीन सरकारबाट बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र परियोजना कार्यान्वयनका लागि लेटर एक्सचेन्जमा हस्ताक्षर गर्न रहेको छ।
विश्व बैंकको १० मिलियन डलर अनुदान सहायता वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिव नेतृत्वमा टोली गठन गर्ने। चीनको सानदोङमा हुने खाद्य नोक्सानी न्यूनीकरण सम्मेलनमा कृषि सचिव गोविन्द शर्मा र इथियोपियाको सम्मेलनमा कृषि मन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन रहेको छ। दिल्लीमा हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोलीलाई सहभागिता अनुमति रहेको छ।








प्रतिकृया