• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

स्वास्थ्य बीमा नवीकरणमा छुट र जरिवाना: नयाँ कार्यविधि लागू

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०२:१८

श्रावण ६ ,२०८२ काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरण प्रक्रियालाई थप प्रभावकारी र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको यो कार्यविधिले नियमित रुपमा बीमा नवीकरण गर्नेहरूलाई सह-भुक्तानीमा छुटको व्यवस्था गरेको छ भने ढिलाइ गर्नेहरूलाई जरिवाना तिर्नुपर्ने प्रावधान गरेको छ।

बोर्डका अनुसार नियमित रूपमा नवीकरण गर्ने सदस्यहरूलाई स्वास्थ्य सेवा लिँदा लाग्ने सह–भुक्तानी रकममा विशेष छुट दिइनेछ। ३ वर्षसम्म लगातार नवीकरण गर्ने बीमितलाई १० प्रतिशत, ४ देखि ७ वर्षसम्म नवीकरण गर्नेलाई २० प्रतिशत र ७ वर्षभन्दा बढी समयदेखि नियमित नवीकरण गरिरहेका सदस्यलाई ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

Kamana Sewa

स्वास्थ्य बीमा बोर्डका अनुसार, यस्तो व्यवस्थाले बीमित नागरिकहरूलाई समयमै बीमालेख नवीकरण गर्न प्रोत्साहन दिने विश्वास लिइएको छ।

Classic Tech Desktop

तर, बीमालेखको म्याद सकिएपछि नवीकरण गर्दा भने जरिवाना तिर्नुपर्नेछ। कार्यविधि अनुसार, म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्दा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ भने ६ महिनाभित्र नवीकरण गरेमा ३० प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

नवीकरणको म्याद नाघ्न नदिई समयमै नवीकरण गर्न सकियोस् भनेर बोर्डले बीमालेखको म्याद सकिनुभन्दा एक महिना अगावै नागरिकहरूलाई सूचना दिने व्यवस्था समेत कार्यविधिमा समेटिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै नागरिकहरूको सहभागिता बढाउने उद्देश्यले ल्याइएको यो कार्यविधि आगामी दिनमा बीमा प्रणालीलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया