• ४ साउन २०८३, सोमबार
  • ३:०१ बिहान

स्वास्थ्य बीमा सेवामा सुधार, १३ अस्पताललाई फेरि प्रथम सेवाबिन्दुमा राखियो

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार १०:१५

श्रावण ६ ,२०८२ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य बीमा बोर्डले १ साउनदेखि देशभरका केन्द्रीय, प्रतिष्ठान र विशिष्टीकृत गरी २७ अस्पताललाई रिफरल सेवा केन्द्रका रूपमा सीमित गरेपछि चर्को विरोध सुरु भएको थियो। विरोधका बीच बोर्डले निर्णय सच्याउँदै १३ अस्पताललाई तीन महिनाका लागि पुनः प्रथम सेवाबिन्दुमा राख्ने निर्णय गरेको छ।

स्वास्थ्य बीमा बोर्डले मन्त्रालयको पत्रका आधारमा विराटनगरको कोशी अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत केही केन्द्रीय अस्पताललाई प्रथम सेवाबिन्दुबाट हटाएको थियो। यस निर्णयपछि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूले विरोध जनाएका थिए।

Kamana Sewa

कोशी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झामार्फत स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै निर्णय खारेज गर्न माग गरेका थिए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै, धरानका जनतालाई वञ्चित नगर्न चेतावनी दिएका थिए।

Classic Tech Desktop

सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि मन्त्री पौडेलले जनताको सहज पहुँचमा असर पर्ने अवस्था नआओस् भनेर निर्णय सच्याइएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै “अप्ठ्यारो पर्ने स्थानका सरकारी अस्पतालमा प्रथम सेवाबिन्दु कायमै राखिने” बताएका छन्।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, हाल १३ केन्द्रीय, प्रतिष्ठान वा विशिष्टीकृत अस्पताललाई मात्र तीन महिनाका लागि प्रथम सेवाबिन्दुको रूपमा काम गर्न अनुमति दिइएको छ। यी अस्पताल सातवटै प्रदेशका प्रमुख सहरबाहिर रहेका छन्।

प्रतिकृया