• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार १०:०८

श्रावण ६ ,२०८२ काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्। बैंक र उक्त आई केयरबीच भएको सम्झौता अनुसार ग्राहकले उक्त आई केयरबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गरेमा १५ प्रतिशतसम्म छूट पाउनेछन्।

National Life

बैंकले ग्राहकले सर्जरी प्रोसिजर्समा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेशन र अप्टिकल/लेन्समा १० प्रतिशत छूटका साथै पहिलो पटक सेवा लिनेलाई ओपीडी र दर्ता शुल्क नै नलाग्ने जनाएको छ। यो छूट सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्नुपर्नेछ।

प्रतिकृया