• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०१:०४

श्रावण ४ ,२०८२ काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको एक साता पुगेपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पहिलोपटक ठूलो मात्रामा तरलता व्यवस्थापनको पहलस्वरूप ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ।

National Life

राष्ट्र बैंकले अधिक तरलता र ब्याजदर नियन्त्रण गर्नका लागि खुला बजार कारोबारअन्तर्गतको “दीर्घकालीन निक्षेप संकलन उपकरण” प्रयोग गर्दै निक्षेप खिच्न लागेको हो। यसका लागि बोलकबोल प्रणालीमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल प्रक्रियामा सबैभन्दा कम ब्याजदर बोल्ने संस्थालाई प्राथमिकतामा राखी क्रमशः रकम बाँडफाँट गरिनेछ। आजको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी मिति २०८२ भदौ १५ गते तोकिएको छ। बोलकबोल गर्न सकिने न्यूनतम रकम १० करोड र अधिकतम रकम ५ करोडले भाग जाने गरी निर्धारण गरिएको छ। राष्ट्र बैंकले यसअघि पनि यही संरचना टेकेर निक्षेप संकलन गर्दै आएको छ। गत आइतबार पनि यस्तै प्रकृतिको कारोबारमार्फत ५० अर्ब निक्षेप संकलन गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया