• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १२:५८

श्रावण ४ ,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमणमा निस्कने भएका छन्। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार दुई दिने भारत भ्रमण सुनिश्चित भइसकेको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आएको औपचारिक निम्तोका आधारमा प्रधानमन्त्री ओली दिल्ली जाने तयारीमा छन्।

National Life

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको यो पहिलो भारत भ्रमण हुने भएको हो। सरकारी प्रतिनिधिमण्डल ३१ भदौमा नयाँ दिल्ली प्रस्थान गर्नेछ र त्यसको भोलिपल्ट, १ असोजमा, काठमाडौं फर्किने कार्यक्रम तय भएको छ। यस भ्रमणमा दुई देशबीच आपसी सहकार्य, व्यापार, पूर्वाधार र कूटनीतिक सम्बन्ध विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिकृया