• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

क्लासिक टेक १६ औ वर्षामा प्रवेश, जति मा चाहियो त्यतिमा पाइयो अफर सार्वजनिक

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०८:२५

काठमाडौं – क्लासिक टेकले १६ औ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले हालसम्म देशको मुख्य मुख्य शरहहरु लगायत नेपालको ७४ जिल्लामा एफ़ टीटी एच र वायरलेस बिस्तार गरि तिब्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट टीभी (आइपी टिभी) सञ्चालन गरि १०४ शाखहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

Kamana Sewa

कम्पनीले वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र बिस्वस्निया सेवा संचालनमा कम्पनि अग्रसर रहेको छ। यसै गरि ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहक हरुलाई अफरू जतिमा चाहियो, त्यतिमा पाइयो अफर पनि सार्वाजानिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यति मै पाइने नयाँ अफर ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया