• १४ असोज २०८३, बुधबार
  • ७ः०३ बिहान

जसपाको समर्थन फिर्ता, सरकार राष्ट्रिय सभामा अल्पमतमा

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०५:४२

असार ३२,२०८२ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

National Life

राष्ट्रिय सभामा सत्तारूढ गठबन्धनसँग २८ सांसद छन्, बहुमतका लागि ३० आवश्यक पर्छ। तीन सांसद रहेको जसपा नेपाल निर्णायक रहेकोमा समर्थन फिर्तासँगै सरकारलाई विधेयक पारित गराउन कठिन हुने देखिएको छ।

यसअघि ओली, देउवा र उपेन्द्र यादवबीच सहमतिको प्रयास भए पनि जसपाका माग गम्भीर रूपमा नलिइएको भन्दै अध्यक्ष यादवले समर्थन फिर्ताको निर्णय लिएका हुन्। प्रतिनिधि सभामा पनि दुई तिहाइ समर्थन गुमिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया