• २१ असोज २०८३, बुधबार
  • ४ः०८ बिहान

आज मौद्रिक नीति सार्वजनिक हुँदै

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०९:४०

National Life

असार २७,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ। यो राष्ट्र बैंकको ५९औं वार्षिक मौद्रिक नीति हुनेछ।

हालका गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा तयार भएको यो पहिलो मौद्रिक नीति हो। राष्ट्र बैंकको सञ्चालक समितिमा बिहीबार साँझ मौद्रिक नीतिको मस्यौदा पेस गरिएको थियो, जसपश्चात आज सार्वजनिक गरिने तयारी गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

मौद्रिक नीतिले देशको समष्टिगत आर्थिक अवस्था, ब्याज दर, मुद्रास्फीति नियन्त्रण, कर्जाको प्रवाह, विदेशी मुद्रा सञ्चिति, र वित्तीय प्रणालीको स्थायित्वजस्ता विषयमा मार्गदर्शन गर्नेछ। नयाँ गभर्नरको कार्यकालको पहिलो नीति भएकाले निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, र लगानीकर्ताहरूको विशेष ध्यान यसमा केन्द्रित रहेको छ।

अब राष्ट्र बैंकले आज सार्वजनिक गर्ने यो नीति नेपालको आर्थिक दिशा निर्धारण गर्ने प्रमुख दस्तावेजका रूपमा कार्यान्वयनमा आउनेछ।

प्रतिकृया