• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

११ महिनामा अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०१:३७

असार २४, २०८२ काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा अन्तरबैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अवधिमा कुल अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।

National Life

रिपोर्टअनुसार, वाणिज्य बैंकहरूबीच मात्रै १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकबाहेक) १ खर्ब ५० अर्ब ३३ करोडको कारोबार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले आपसमा ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए। त्यस्तै, अन्य वित्तीय संस्थाहरूबीचको कारोबार ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

लगातारको मौद्रिक नीतिगत कडाइ, तरलता अवस्था र वित्तीय क्षेत्रको आन्तरिक गतिविधिमा आएको मन्दीले कारोबारमा गिरावट आएको विश्लेषण गरिएको छ।

प्रतिकृया