• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

फेरि बढ्यो अन्डाको भाउ, १० दिनमै दोहोरो मूल्यवृद्धि

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०६:१०

असार १९, २०८२ काठमाडौं ।  केही दिनअघि मात्र बढाइएको अन्डाको मूल्य फेरि वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार (असार २०) देखि लागू हुने गरी अन्डाको मूल्य पुनः बढाउने निर्णय गरेको हो।

National Life

संघले ठूलो अन्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँले बढाउँदै नयाँ दर ४९५ रुपैयाँ निर्धारण गरेको छ। यस्तै, मिडियम अन्डाको मूल्य प्रति क्रेट ४६५ रुपैयाँ तोकिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार हाल अन्डाको उत्पादनमा गिरावट आएको छ भने माग उच्च छ, जसका कारण मूल्य समायोजन गर्नुपरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि करिब १० दिनअघि मात्र अन्डाको मूल्यमा वृद्धि गरिएको थियो। लगातारको मूल्यवृद्धिले उपभोक्ताको भान्सामा थप भार पर्ने देखिएको छ।

प्रतिकृया