सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड
प्रकाशित मिति
२०८२ असार १३ गते, शुक्रबार १०:५६
असार १३ , २०८२ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको छ। कम्पनीले वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूका लागि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर आवेदन खुला गरेको थियो।
प्रति सेयर रू. १०० अंकित दरमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर निष्कासन गरिएकोमा, ३ लाख ९० हजार ३५० जना शेयरधनीहरूले रीतपूर्वक आवेदन दिएका थिए। सोही आधारमा कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो।
यद्यपि, बाँडफाँडपछि २ लाख २४ हजार ७२८ कित्ता सेयर अवितरित रहेको कम्पनीले जनाएको छ। बाँकी सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।
कम्पनीका अनुसार हकप्रद सेयरका लागि आवेदन दिए पनि बाँडफाँडमा नपरेका शेयरधनीहरूको भुक्तानी भएको रकम चैत ३० गतेदेखि आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा आईपीएसमार्फत फिर्ता गरिनेछ।






प्रतिकृया