• २ असोज २०८३, शुक्रबार
  • ४ः१० बिहान

“टेक एण्ड पे” हटेपछि इप्पानको आन्दोलन स्थगन, ऊर्जा लगानीमा सक्रिय हुने घोषणा

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ०३:२५

असार १ , २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गगरेको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत इप्पानले आन्दोलन स्थगनको घोषणा गर्दै अब ऊर्जा विकासका लक्ष्यप्रति केन्द्रित हुने स्पष्ट पारेको हो ।

National Life

विद्युत ऐन, २०४९ तथा नियमावली २०५० मार्फत निजी क्षेत्रलाई लगानी खुला गरिए पनि २०५५ सालमा विद्युत प्राधिकरणको बोर्डले पीपीए दर तय गरेपछि मात्रै निजी क्षेत्रको लगानी उल्लेखनीय रूपमा बढेको थियो । हाल देशको कुल विद्युत उत्पादनको ८० प्रतिशतभन्दा बढी र निर्माणाधीन आयोजनामा ९० प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको छ । यही लगानीकै कारण नेपाल लोडसेडिङमुक्त बनेको हो ।

तर २०८२/८३ को बजेटमा रन अफ रिभर आयोजनाको पीपीए ‘टेक एण्ड पे’ आधारमा गर्ने भनिएपछि निजी क्षेत्र चिन्तित भएको थियो । यस घोषणाले करिब १७,१७ मेगावाट बराबरका आयोजनाको भविष्य अनिश्चित बनाएको भन्दै इप्पानले तीव्र विरोध गर्दै आएको थियो । हालसम्म यसमा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्रीसहित सरोकारवाला निकायहरूसँग भेटघाट, ज्ञापनपत्र तथा ‘नो टेक एण्ड पे’ अभियान सञ्चालन गरेको थियो । अन्ततः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले असार १० गते संसदमा बजेट संशोधनको घोषणा गर्दै ‘टेक एण्ड पे’ हटाइएको र वित्तीय जोखिम मूल्यांकनको आधारमा मात्र पीपीए हुने स्पष्ट गरेका थिए ।

इप्पानले अब सरकारसँग सहकार्य गर्दै विद्युत व्यापारको अनुमति दिन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न र लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेको छ। इप्पानले ऊर्जा लक्ष्य हासिल गर्न निजी क्षेत्र सरकारको भरपर्दो साझेदार हुने प्रतिबद्धता पनि दोहोर्याएको छ।

प्रतिकृया