• ३ असोज २०८३, शनिबार
  • १०ः४० बिहान

मकरी गाड हाईड्रोपावरले ल्याउँदै आईपीओ

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार १०:११

असार २, २०८२ काठमाडौं । मकरी गाड हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले यही असार १८ गते साँझ ५ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको छ।

National Life

सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र सोपछि सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

आईपीओ बाँडफाँडपछि प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया