• २१ असोज २०८३, बुधबार
  • ४ः४२ बिहान

इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच विशेष छुट सम्झौता

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार १२:२४

National Life

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)बिच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)  बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो  सम्झौता भएको हो।

नेपाल इन्भेष्टमेन्ट  मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका हुन्। दुवैको हस्ताक्षरसँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्झौतामार्फत  एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ। बैंकका २ सय ७५ शाखामार्फत बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/क्रेडिट काडर्, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंक सीईओ पाण्डेले जानकारी दिए ।

सम्झौताबाट इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिकृया