• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

अमेरिका–चीन व्यापार सम्झौता: के भएको हो त सहमति ?

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार १२:०७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौता भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत चीनसँग भएको सहमति अब चिनको राष्ट्रपति र आफूबीच अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाएका छन्।

National Life

ट्रम्पले लेखेका छन्, “हामी चीनसँग सम्झौतामा पुगेका छौँ, जुन राष्ट्रपति सी र मेरोबीच अन्तिम स्वीकृतिको विषय हो। पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्त्वहरू चीनबाट सुरूदेखि नै उपलब्ध गराइनेछ। त्यसैगरी हामी चीनलाई सहमति अनुसारका कुरा प्रदान गर्नेछौँ, जसमा हाम्रा कलेज र विश्वविद्यालयहरूमा आउने चिनियाँ विद्यार्थीहरू पनि समावेश छन्।”

उनले ट्यारिफका विषयमा अमेरिका ५५ प्रतिशत र चीन १० प्रतिशत फाइदामा रहेको पनि उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर, चीनले भने व्यापार सम्झौता भएको पुष्टि नगरी मात्र परामर्श भएको स्पष्ट पारेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार, “चीन–अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लण्डनमा सम्पन्न भएको छ। वार्तामा दुई पक्षबीच स्पष्ट र गहन छलफल भएको र आर्थिक तथा व्यापारिक चिन्ताका विषयमा विचार आदानप्रदान भएको हो।”

यसैले, अमेरिका र चीनबीच साँच्चै सम्झौता टुंगिएको हो वा अझै पनि छलफलकै चरणमा छ भन्ने विषयमा दुबै देशको फरक धारणा देखिएको छ।

प्रतिकृया