• २१ जेठ २०८३, बिहीबार
  • ९:१७ बेलुका

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०९:१४

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र होटल ग्रुप आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ। ग्रुपअन्तर्गतका होटलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको हो।  

यससँगै यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा सो कार्डबाट भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाइनेछ। 

Kamana Sewa

रुम महसुलमा छुट पस मेसिनमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ।  एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने छन्।

Classic Tech Desktop

प्रतिकृया