• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

संसद्‌मा छलफल सुरु नहुँदै बजेट कार्यान्वयन सुरु

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार १२:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भने आगामी संघीय संसद्‌मा बजेटमाथिको छलफल प्रारम्भ नहुँदै कार्यान्वयनमा गइसकेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको जनाएको हो ।

National Life

मन्त्री पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भने अहिलेसम्म सुरु हुन सकेको छैन । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै नियमित संसद अवरुद्ध गरेपछि संसदको बैठक बस्न नसकेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया