• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

प्रभु क्यापिटलले ल्यायो प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, आजदेखि बिक्री खुला

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ११:३१

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको “प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम” को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ ।

National Life

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। स्किमको कुल इकाई आकार ४ करोड रहेकोमा ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्द्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

आवेदन दिने अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको छ। यदि तोकिएको अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन असार ६ गतेसम्म खुला रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया