• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार १०:५८

काठमाडौं । अपि पावर कम्पनीको सहायक संस्था दार्चुला पावरले निर्माण गर्न लागेको २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाका लागि नेपाल बैंकको नेतृत्वमा नविल बैंकले ऋण लगानी गर्न सहमति जनाएका छन्।

National Life

नेपाल बैंक र नविल बैंकले संयुक्त रूपमा पाँच अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गर्न सहमति जनाएका हुन्। आयोजनालाई आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए। बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी र ऋण लगानीकर्ताबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको थियो।

आयोजनामा नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । दार्चुला पावरको २५ प्रतिशत स्वपुँजी छ । दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया