• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार १०:४०

काठमाडौं । छ्याङदी हाईड्रोपावरले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

National Life

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया