• ३१ भदौ २०८३, बुधबार
  • ५ः०७ बेलुका

जंगली च्याउको तरकारी खाँदा १६ जना बिरामी, २ को अवस्था गम्भीर

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार १२:४४

काठमाडौं । चितवनको भरतपुर,राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीयले च्याउको तरकारी खाँदा १६ जना बिरामी परेका छन्। आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएको प्रहरीले जनाएको छ । जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

National Life

मकवानपुरको मकवानपुरगढी गाउँपालिका९८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका छन्।

उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार दिउँसो १ः३० बजे उपचारका लागि हेटौँडा -१ स्थित सन्चो अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छयस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्।

उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ।

यता, चितवनकै राप्ती नगरपालिका–११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन्।

बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन्।

च्याउको तरकारी खाएपछि विभिन्न स्वास्थ्य समस्या देखा परेका उनीहरूलाई उपचारका लागि शनिबार राति ११ बजे सरकारी अस्पताल, भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया