• १ असोज २०८३, बिहीबार
  • ३ः०२ राती

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, दुई दिनमै २१ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०२:१२

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। पछिल्ला दुई दिनमा मात्रै २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

National Life

शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ

यसमा सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन्। अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो।

संक्रमण फैलिँदै गइरहेका बेला कर्नाटक सरकारले सूचना जारी गर्दै भीडभाड भएका स्थानमा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन जनतालाई आग्रह गरेको छ। साथै, ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्त परीक्षण गराउन अनुरोध गरिएको छ।

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेसँगै स्वास्थ्य सतर्कता अपनाउने विषयमा सरकार सक्रिय देखिएको छ।

प्रतिकृया