राजावादी आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
प्रकाशित मिति
२०८२ जेष्ठ १५ गते, बिहीबार ०२:१०
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान’ ले आफ्नो समूहमा आवद्धहरूलाई गणतन्त्र दिवसको अवसरमा बिहीबार हुने राजावादीको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ । उनले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वमा भएकोले त्यसमा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाअभियान केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे ९भए० महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’
उनले संगठनका अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा प्रहरी हिरासतमा रहेकाहरूको शीघ्र रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार स्थगित गरिएको पनि बताएका छन् ।
‘सत्यग्रह आन्दोलन २०८२ जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा गरिने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।








प्रतिकृया