• २ असोज २०८३, शुक्रबार
  • ३ः१२ दिउँसो

कक्षा १२ को परीक्षा अन्योलमा, निर्णय गर्न बोर्डको बैठक बस्दै

प्रकाशित मिति

२०८२ बैशाख ९ गते, मंगलवार ०८:१०

वैशाख ९, २०८२ काठमाडौँ: आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी निर्णय गर्न आज (मंगलबार) बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

National Life

वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा संकटमा परेको छ, किनभने परीक्षा व्यवस्थापनमा संलग्न हुने शिक्षकहरू शिक्षा ऐनको मागसहित आन्दोलनमा उत्रिएका छन् । शिक्षक महासंघले परीक्षा बहिष्कार गर्ने निर्णय गरिसकेको छ।

यस्तै, उत्पन्न परिस्थितिको बीचमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्, जसले शिक्षा क्षेत्रको अनिश्चिततालाई झन् गहिरो बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया